News पाँचथरका रेफ्रीहरुलाई गोलनेपालको सहयोग
गोलनेपाल

गोलनेपाल हरेक महिना कुनै जिल्लामा पुगी त्यहाँ रहेका युवा फूटबल परियोजना, महिला फूटबल, जिल्ला फूटबल संघ साथै क्लब, रेफ्री, सामुदायिक बिद्यालयहरुलाई सहयोग प्रदान गर्दै आइरहेको छ ।

यसै सिलसिलामा यसपटक गोलनेपाल फाउण्डेसन पौष महिनामा पाँचथर जिल्ला पुगी स्वतन्त्र क्लब मार्फत जिल्लाका नयाँ रेफ्रीहरुको लागि सहयोग प्रदान गरेको छ ।

सो अवसरमा गोलनेपालले रेफ्रीहरुका लागि रेफ्री सेट (४ जनाको लागि पुरा रेफ्री ड्रेस सेट, सिठ्ठी, कार्ड होल्डर, फूटबल पम्प) र चेन्जिङ बोर्ड प्रदान गरिएको थियो ।

गोलनेपालका सिइओ बिक्रम थापाका अनुसार नेपालका हरेक जिल्लामा फुटबलसँग सम्बन्धि कार्यहरुमा आफूहरुले योगदान दिन पाउँदा खुशी लाग्ने बताए । सिइओ थापा भन्छन्, ‘नयाँ रेफ्रीहरु पनि अगाडि बढ्न सकुन भनेर हामीले सहयोग गरेका हौं ।’

पाँचथरमा हालै सम्पन्न फिदिम सिटी कपका अवसरमा गोलनेपालका प्रदेश १ प्रमुख रमेश समदर्सी राइले उक्त सहयोग सामाग्री स्थानीय रेफ्रीलाई हस्तान्तरण गरेका थिए ।

यो सहयोग अभियानसँगै गोलनेपाल हालसम्म नेपालको ३१ जिल्लाहरुमा पुग्न सफल भएको छ । साथै यो अभियानलाई आगामी महिनाहरुमा पनि निरन्तरता दिने सिइओ बिक्रम थापाको योजना छ ।

Post Comments