News दाङमा खुला फुटसल हुने
गोलनेपाल

तुलसीपुर । दाङको तुलसीपुरमा जिल्ला स्तरिय प्रथम खुला फुटसल प्रतियोगिता हुने भएको छ । मुनाल क्लब तुलसीपुर उप–महानगरपालिका ४ को आयोजनामा हुने प्रतियोगिता यहि माघ ३ गतेदेखि ६ गतेसम्म हुनेछ ।

स्थानिय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेलको बिकासमा थप टेवा पुर्याउने उद्देश्यका प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता सयोजक सुरज डाँगीले बताए ।

तुलसीपुर–६ स्थित द लेजेण्ड फुटसल ग्राउण्डमा हुने प्रतियोगितामा २५ भन्दा बढी फुटसल टोलीहरुको सहभागिता रहने समेत संयोजक डाँगीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुनेहरुलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments