News आधिकारिक रुपमै इस्ट बंगालमा आवद्ध भए अनन्त
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार तथा युवा डिफेण्डर अनन्त तामाङलाई चर्चित इण्डियन सुपर लिग क्लब एससी इस्ट बंगालले आधिकारिक रुपमै अनुवन्ध गरेको घोषणा गरेको छ । स्मरणीय छ, अनन्त केही समय अघि मात्र क्लबमा आवद्ध हुन भारततर्फ लागेका थिए ।

साथै उनी इस्ट बंगालमा आवद्ध भएको कुरा सञ्चारमाध्यमहरुले पनि जानकारी गराएको थियो । यद्यपि उनको अनुवन्धबारे क्लबले भने आधिकारिक रुपमा बुधबार मात्र घोषणा गरेको हो । क्लबले अनन्तलाई सिजनको बाँकी खेलहरुका लागि अनुबन्ध गरेको जनाएको छ ।

यस सिजन खराब लयमा रहेको इस्ट बंगालले इण्डियन सुपर लिगतर्फ अब केवल दुई खेल खेल्न मात्र बाँकी छ । साथै १८ खेलबाट १० अंक मात्र जोडेको इस्ट लिगतालिकाको पुछारमा समेत छ ।

उता क्लबमा आवद्ध भएपछि अनन्तले आफू खुशी र उत्साहित रहेको प्रतिक्रिया दिए । साथै उनले क्लबका लागि आफ्नो तर्फबाट राम्रो प्रदर्शन गर्न सक्दो प्रयास गर्ने बताए । इण्डियन सुपर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका अनन्त आफ्ना लागि यो गर्विलो क्षण रहेको समेत प्रतिक्रिया दिएका छन् ।

Post Comments