News युएईमा ल्होछार कप हुँदै
गोलनेपाल

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका आप्रवासी नेपालीहरुबीच यहि फेब्रुअरी २६ र २७ तारीखका दिन दुई दिने प्रथम ल्होछार कप खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

स्मरणीय छ, तामाङ समुदायहरुको महान चाड सोनाम ल्होछारको अवसरमा प्रतियोगिता गत जनवरी मै गर्ने भनिए तापनि संक्रमणकालिन अवस्थाका कारण अहिले गर्नुपरेको आयोजक त्रिशुली समाज, युएईका अध्यक्ष लोकेन्द्र तामाङले बताए ।

कुल १८ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ हजार युएई दिराम हात पार्नेछ भने उपविजेताले ३ हजार दिराम प्राप्त गर्ने आयोजकका राउलले जानकारी दिए ।

नेपाली फुटबल ग्रुप, युएई र एभरेष्ट १०० रेष्टुरेण्ट, युएईको विशेष संयोजनमा हुन गईरहेको प्रतियोगिता दुबईको अल कुज स्थित डुल्स्को स्पोर्टस कम्प्लेक्समा हुने पनि आयोजकले जानकारी दियो ।

Post Comments