News बिष्टको निर्णायक गोलसँगै हेलिबोध फाइनलमा
रमेश समदर्शी

इलाम । कठिन जितका साथ हेलिबोध एफसी यहाँ जारी प्रथम देउमाई गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भानुभक्ता माविको छात्रावास खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा हेलिबोधले ओसिस एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

यद्यपि त्यो जितका लागि हेलिबोधलाई खेलको अतिरिक्त समयसम्म संघर्ष गर्नुपर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि रेफ्रीले खेल अतिरिक्त समय थपेर खेलाएका थिए । सोही अतिरिक्त समयमा प्रदिप बिष्टले हेलिबोधका लागि एक मात्र निर्णायक गोल गरे ।

निर्णायक गोलकर्ता बिष्ट नै म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तरगत फागुन १२ गतेको दोस्रो सेमिफाइनल खेल फिदिम स्र्पोटिङ क्लब र भेनस एफसीबीच हुने आयोजकले जनाएको छ ।

युनाइटेड देउमाथि युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन १४ गतेका दिन हुनेछ ।

 

Post Comments