News वार्ड नम्बर १० सेमिफाइनलमा
गोलनेपाल

दुहबी । वार्ड नम्बर १० यहाँ जारी चौथो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनलमा वार्ड नम्बर १० ले वार्ड नम्बर ५ लाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

वार्ड नम्बर १० का लागि खेलको १३औं मिनटमा कबिन्द्र चौधरीले पहिलो गोल गरेका थिए । दोस्रो गोल भने वार्ड नम्बर ५ का रमन काफ्लेले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

खेलमा वार्ड नम्बर १० का कबिन्द्र चौधरी म्यान अफ द म्याच घोषित भए । उनले विशेष अतिथी लधुराम माझीले नगद २ हजार र मेडलसहित पुरस्कृत गरेका थिए । प्रतियोगिता अन्तरगत फागुन १९ गते बिहीबारे पहिलो सेमिफाइनल खेल वार्ड ४ र वार्ड ७ बीच हुने आयोजकले जनाएको छ ।

दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments