News बि.पी. स्मृति क्वाटरफाइनलमा
सुरज राना मगर

नर्सही । सहज जितका साथ बि.पी. स्मृति युवा क्लब, माकर यहाँ जारी दोस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुस्ता–४ नर्सही स्थित स्थानीय खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ बि.पी. स्मृतिले कोटहीमाई युवा क्लब, भिमटाँडीलाई ३–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भएको हो ।

खेलमा बि.पी. स्मृतिका रोहित थारु म्यान अफ द म्याच चुनिए । उनलाई विशेष अतिथी सुस्ता–४ की महिला वडा सदस्य बिना गिरीले ट्रफी सहित पुरस्कृत गरेकी थिईन् ।

प्रतियोगिता अन्तरगत फागुन २० गते शुक्रबारको पहिलो क्वाटरफाइनल खेल नव युवा क्लब, सुर्यनगर र सेन्ट्रल कलेज फोर ब्रदर्श, मगरमुढाबीच हुने प्रतियोगिता संयोजक धिरज गुरुङले जानकारी दिए ।

सुस्ता गाउँपालिका, नवलपरासीको आयोजना तथा एकला युवा क्लब र जरलैया युवा क्लब, सुस्ता–४, नर्सहीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments