News नेपालको झिनो सम्भावना पनि समाप्त
गोलनेपाल

काठमाडौं । लगातार तेस्रो हारसँगै नेपालको साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि जित्ने झिनो सम्भावना पनि समाप्त भएको छ । सोमबार भएको लिग चरणको आफ्नो तेस्रो खेलमा नेपालले दावेदार आयोजक भारतसँग ५–१ ले पराजित हुन पुग्यो ।

यसअघि उद्घाटन खेलमा पनि नेपालले भारतसँग ७–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशससँग ४–२ ले पराजित भएको थियो । उता भारतको भने यो लगातार तेस्रो जित हो । ३ खेलबाट ९ अंक जोडेको भारत शिर्ष स्थानमा छ र उसको उपाधि जित्ने सम्भावना पनि बलियो छ ।

अंकविहीन नेपाल पुछारमा छ । ३ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । नेपालले लिगचरणको अन्तिम खेल बुधबार बंगलादेशससँग खेल्नेछ । दक्षिण एसियाका तीन राष्ट्र मात्र सहभागि प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा जारी छ । शिर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

Post Comments