News २८औं माछापुच्छ्रे कपमा आयोजकको विजयी शुरुवात
सुरज राना मगर

भैरहवा । रुपन्देहीको पुरानो मध्ये एक माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताकाृ २८औं संस्करण शुरु भएको छ । भैरहवा स्थित पक्लिहवा कृषि क्याम्पसमा जारी प्रतियोगितामा आयोजक माछापुच्छ्रे एफसीले विजयी शुरुवात समेत गरेको छ ।

उद्घाटन खेलका दिन विजयी शुरुवात गर्ने क्रममा माछापुच्छ्रेले फर्साटिकर एकेडेमीलाई ३–२ ले हरायो । खेलमा माछापुच्छ्रेका बिशाल पुन म्यान अफ द म्याच घोषित भए । यो जितसँगै माछापुच्छ्रे प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच सिद्धार्थ नगरपालिकाका मेयर हरि क्षेत्रीले गरेका थिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि चैत्र २५ गतेका दिन हुनेछ ।

Post Comments