News बंगलादेशसँग हारेर पनि विजेता बनेको भारत
गोलनेपाल

काठमाडौं । शुक्रबार सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपमा हार बेहोरेर पनि आयोजक भारतले प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

निर्णायक मानिएको खेलमा भारतले बंगलादेशको हातबाट १–० को हार बेहोरे पनि राम्रो गोल भिन्नताका आधारमा भारत अगाडी रहँदै विजेता बन्यो । जमशेदपुर स्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा भएको खेलमा बंगलादेशका लागि अक्लिमा खातुनले ७४औं मिनटमा एक मात्र निर्णायक गोल गरिने ।

समग्रमा ४ खेलबाट समान ९–९ अंक जोडे तापनि भारत गोल भिन्नताका आधारमा शिर्ष स्थानमा रह्यो । बंगलादेश भने दोस्रो स्थानमा सिमित हुन बाध्य बन्यो । त्यस्तै एउटै खेल नजितेको नेपाल भने पुछारमा रह्यो ।

दक्षिण एसियाका कुल ३ टोलीहरुको मात्र सहभागिता रहेको प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा नेपालले एउटै खेल नजिती प्रतियोगिताबाट बाहिरिन बाध्य भएको थियो ।

Post Comments