News फिफा वरियतामा खस्कियो नेपाल
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाले निकालेको ताजा वरियतामा नेपाल एक स्थान तल खस्किएर १६८औं स्थानमा पुगेको छ । नेपालले नयाँ वरियताका लागि कुल ९७८.८६ अंक प्राप्त गरेको छ ।

दक्षिण एसियामा भने नेपाल तेस्रो स्थान मै छ । स्मरण रहोस, नेपालले केही दिन अघि मात्र थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । जहाँ नेपालले थाइल्याण्डसँग २–० को हार बेहोरेको थियो ।

त्यस्तै दक्षिण एसियातर्फ शिर्ष स्थान मै यथावत रहेको भारत दुई स्थान तल झर्दै १०६औं स्थान पुगेको छ । त्यस्तै दुई स्थान सुधार गरेको माल्दिभ्स १५६औं स्थानमा छ र दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।

त्यसैगरी १८७औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा रहँदा १८८औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । १९७औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा रहँदा २०५औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ सबैभन्दा पुछारमा छ ।

शिर्ष स्थानमा फर्कियो ब्राजील

त्यस्तै फिफाको ताजा वरियतामा यसपटक ब्राजील उक्लेको छ । ब्राजील पाँच बर्षपछि फिफा वरियताको शिर्ष स्थानमा उक्लेको हो । त्यस्तै दोस्रो स्थानमा बेल्जियम छ भने तेस्रो स्थानमा विश्व विजेता फ्रान्स रहेको छ ।

Post Comments