News दोस्रो मेयर गोल्डकप आजदेखि (खेलतालिकासहित)
गोलनेपाल

लहान । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ लहान नगरपालिका, सिरहाको आयोजनामा मंगलबारदेखि दोस्रो मेयर गोल्डकप खुला फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

लहान नगरपालिका १० स्थित नयाँ खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा दमक एफसी, झापा र बैखाडी एफसी, महोत्तरी भिड्दै छन् । प्रतियोगितामा सहभागि ९ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ ।

श्री कस्तुरी युवा क्लब र श्री हिम कस्तुरी युवा क्लब, लहानको विशेष सहयोगमा शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यहि चैत्र २९ गतेका दिन हुनेछ ।

प्रतियोगितामा खेलाडी र अफिसियलहरुका लागि १ लाखको स्वास्थ्य बिमा पनि गरिएको आयोजकले जनाएको छ ।

Post Comments