News मनाङ रोकियो, मच्छिन्द्रलाई फाईदा
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ साविक विजेता मनाङ मस्र्याङ्दी क्लब बराबरीमा रोकिएको छ । शनिबार भएको दोस्रो खेलमा मनाङले हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा मनाङ अन्तिमतिर दश खेलाडीमा समेत सिमित हुन पुगेको थियो । मनाङका सुरज बिकले स्टेफनेलाई फल गरेपछि रेफ्रीले ७२औं मिनटमा बिकलाई रातो कार्ड देखाएका थिए ।

यो बराबरी नतिजासँगै मनाङले शिर्ष स्थानमा उक्लिने अवसर पनि गुमाएको छ । शनिबारको बराबरी पछि मनाङको ६ खेलबाट १२ अंक छ र लिगतालिकाको तेस्रो स्थानमा छ । र, शिर्ष स्थानमा रहेको मच्छिन्द्र भन्दा एक अंकले पछाडी छ ।

स्मरणीय छ, मच्छिन्द्रले शनिबार नै भएको पहिलो खेलमा जावलाखेललाई १–० ले हराउँदै महत्वपूर्ण ३ अंक बटुलेको थियो । साथै, त्यो जितसँगै मच्छिन्द्र १३ अंकका साथ शिर्ष स्थानमा उक्लिन समेत सफल भएको थियो ।

Post Comments