News फुटबल प्रशिक्षक संघमा राजेन्द्र तामाङ सर्वसम्मत
सुरज राना मगर

चितवन । नेपाल फुटबल प्रशिक्षक संघको केन्द्रिय अध्यक्षमा अनुभवी प्रशिक्षक राजेन्द्र तामाङ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । शनिबार चितवनको सौराहामा सम्पन्न संघको अधिवेशनमा तामाङ आगामी चार वर्षे कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यस्तै संघको उपाध्यक्षमा यम प्रसाद गुरुङ, सुरेन्द्र बहादुर तामाङ र समिर नेमकुल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा अर्जुन चौधरी, मनजित पुन, सनोज श्रेष्ठ, बिनम श्रेष्ठ, रामचन्द्र थापा, बिजय श्रेष्ठ, धनेश्वर प्रजापति, सरोज श्रेष्ठ, बिनोद महर्जन र अनिल तामाङ रहेका छन् ।

महिला सदस्यमा भने भगवती राना मगर रहेकी छिन् । स्मरण रहोस, प्रशिक्षक संघको निर्वाचन समिति संयोजकमा अधिवक्ता चुडामणी सापकोटा रहेका थिए भने सह–संयोजकमा राजकुमार गुरुङ र सदस्यमा मनोज श्रेष्ठ रहेका थिए ।

Post Comments