News साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाल र माल्दिभ्स भिड्ने
गोलनेपाल

काठमाडौं । आउँदो जुलाई २५ तारीखदेखि भारतमा शुरु हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपको चौथो संस्करणको खेलतालिका सार्वजनिक भएको छ ।

यसअघि साफ यु–१८ र साफ यु–१९ च्याम्पियसिपका रुपमा आयोजना भएको प्रतियोगिताको चौथो संस्करण भने साफ यु–२० च्याम्पियनसिपका रुपमा आयोजना हुन लागेको हो ।

दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा जुलाई २५ तारीखका दिन नेपाल र माल्दिभ्स भिड्दै प्रतियोगिताको शुरुवात गर्नेछन् । सोही दिन दोस्रो खेलमा श्रीलंका र बंगलादेश भिड्ने कार्यक्रम पनि छ ।

त्यस्तै नेपालले आफ्नो दोस्रो खेल २७ जुलाईका दिन श्रीलंकासँग खेल्नेछ भने ३१ जुलाईका दिन भारतसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा नेपालले अगस्त २ तारीखका दिन बंगलादेशको सामना गर्नेछ ।

लिग चरणको खेलपश्चात तालिकाको शिर्ष दुई स्थानका टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने ५ अगस्तका दिन हुनेछ । प्रतियोगिताका सबै खेलहरु भुवनेश्वर स्थित कालिंगा स्टेडियममा हुनेछन् । आयोजक भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।

 

Post Comments