News एनआरटीका लागि दर्शनको निर्णायक गोल
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ न्युरोडटिम (एनआरटी) महत्वपूर्ण जितका साथ लिगतालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० को रोमाञ्चक जित निकाल्यो । खेलको ७५औं मिनटमा दर्शन गुरुङले बक्स भित्रबाट एनआरटीका लागि सटिक गोल गरे । जुन निर्णायक पनि बन्यो ।

खेलको म्यान अफ द म्याच भने एनआरटीका एरिक बिष्ट घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे । यो जितपछि ६ खेलबाट ८ अंक जोडेको एनआरटी छैटौं स्थानमा उक्लिएको छ । र, शिर्ष स्थानमा रहेको आर्मी भन्दा पाँच अंकले पछि छ । पाँचौं स्थानमा जावलाखेल छ र उसको ९ अंक छ ।

उता पराजित पुलिसको पनि समान ८ अंक भएता पनि गोल भिन्नताका आधारमा पछि पर्दै एनआरटी भन्दा एक स्थान तल सातौं स्थानमा रहेको छ ।

Post Comments