काठमाडौं । एएफसी एसियन कप छनौट खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मंगलबार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
टोलीलाई कार्यक्रममा उपस्थित प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, अखिल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका अतिथीहरुले राम्रो प्रदर्शन र जितको शुभकामना सहित विदाई गरे ।
एन्फाका अनुसार नेपाली फुटबल टोली बुधबार थप अभ्यास तथा बन्द प्रशिक्षणका लागि कतार प्रस्थान गर्नेछ । नेपाली टोलीले त्यहाँ केही मैत्रीपूर्ण खेल खेल्ने सम्भावना पनि छ । यसअघि कतारमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भनिए तापनि अन्तिम समयमा आएर सो मैत्रीपूर्ण खेलहरु स्थगित भएको थियो ।
नेपाली टोलीले कतारमा थप अभ्यास पश्चात त्यतैबाट कुवेत जाने कार्यक्रम छ । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसहित जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । नेपालले ८ जुनका दिन जोर्डनसँग खेल्नेछ भने ११ जुनका लागि कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।
नेपाली टोली यसप्रकार रहेको छः
गोलकिपर्सः दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा
डिफेन्डर्सः बिकास खवास, बिकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर्सः आकाश बुढा मगर, एरिक बिष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल, सुरज जिउ ठकुरी
फरवार्डसः आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ (कप्तान), मनिष डाँगी
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान