काठमाडौं । पहिलोपटक प्रतिष्ठित एएफसी कप खेलिरहेका नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङले आफ्नो यो डेब्यु प्रतियोगितालाई सुखद रुपमा समापन गर्न असफल भएका छन् ।
भारतमा सम्पन्न एएफसी कपको समूह डी तर्फ आफ्नो अन्तिम खेलमा किरनको माल्दिभियन टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले चर्चित इण्डियन सुपर लिग क्लब एटिके मोहन बगानसँग ५–२ को फराकिलो अन्तरले हार बेहोरेको छ ।
मंगलबार कोलकातामा सम्पन्न खेलमा माजियाका लागि दुवै गोल टाना डोमिंगेजले गरे । उता मोहन बगानका लागि जोनी काउकोले दुई गोल गरे भने रोय कृष्ण, सुभाशिष बोस र कार्ल म्याकहजले एक–एक गोलको योगदान दिए ।
समूह चरणतर्फ आफ्नो पहिलो खेलमा बंगलादेशी च्याम्पियन बसुन्धरा किंग्ससँग १–० ले पराजित माजियाले दोस्रो खेलमा भने गोकुलम केरला एफसीलाई समान १–० अन्तरले हराएको थियो ।
यो नतिजासँगै समान ६–६ अंक भए तापनि मोहन बगानले बसुन्धरा किंग्सलाई राम्रो गोल भिन्नताका आधारमा पछि पार्दै शिर्ष स्थानमा कब्जा जमाएको छ । साथै इन्टर जोन प्ले अफ सेमिफाइनल्सका लागि समेत छनौट भएको छ ।
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट