News पालिका वडास्तरीय फुटसल हुने
गोलनेपाल

बेसीशहर । लमजुङ फुटसल, बेसिशहर–७, लमजुङको आयोजनामा यहि आउँदो जेठ २१ र २२ गतेका दिन दुई दिने पालिका वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक वडाहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिम दर्ता शुल्क ८ हजार तोकिएको पनि आयोजकले जनाएको छ । टिम दर्ता गर्ने अन्तिम मिति जेठ २० गतेसम्मलाई तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीसहित नगद २५ सय पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दियो ।

Post Comments