काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेम्सको महिला फुटबलतर्फ सहभागिता जनाउनका लागि राष्ट्रिय महिला फुटबल टोली बनाउन ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
मंगलबारदेखि शुरु हुने बन्द प्रशिक्षणमा लामो समयपछि चोटमुक्त भएर सक्रिय फुटबलमा फर्किएकी चर्चित फरवार्ड साबित्रा भण्डारी पनि सामेल छिन् । त्यस्तै नियमित सदस्य अनिता बस्ने, सरु लिम्ब, अन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, अनिता केसी जस्ता अनुभवी खेलाडीहरु पनि प्रारम्भिक टोलीमा परेका छन् ।
त्यस्तै नयाँ र युवा खेलाडीहरुलाई पनि टिममा सामेल गरिएको राखेपले जनाएको छ । जसमा प्रिति राई, दिपा शाही, अमिषा कार्की जस्ता खेलाडीहरु रहेका छन् । हालै सम्पन्न राष्ट्रिय महिला लिगमा खेलाडीहरुले प्रदर्शन गरेको आधारमा क्षमतावान खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको एन्फाले जनाएको छ ।
यस्तो छ प्र्रारम्भिक टोलीमा परेका खेलाडीहरुको सूचीः


- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान