News जेठ अन्तिम सातादेखि भलुवा गोल्डकप
गोलनेपाल

दुहबी । श्री गोल्डेन स्टार युथ क्लब, दुहबी, सुनसरीको आयोजनामा यहि जेठ २८ गतेदेखि आठौं भलुवा गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

दुहबी ७, सुनसरी स्थित भलुवा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि आयोजकले सार्वजनिक गरेको छ । उद्घाटन खेलमा एवाईसी, सुनसरी र नेपाल पुलिस क्लब, मोरङ भिड्ने छन् ।

दुहबी नगरपालिकाको संयोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

जिल्ला फुटबल संघ, सुनसरीको प्राविधिक सहयोग रहने प्रतियोगितामा काठमाडौं, सुनसरी, मोरङ, बारा र एक क्यामरुनी टोलीसहित कुल १० टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको फाइनल खेल भने असार ६ गतेका दिन हुनेछ ।

Post Comments