News राष्ट्रिय फुटबलर तामाङद्वारा अन्तर्राष्ट्रिय कोचिङ कोर्ष पूरा
गोलनेपाल

नेपाली राष्ट्रिय फुटबलर मान बहादुर तामाङले जर्मन फुटबल फेडरेशन (डिएफबी) ले आयोजना गरेको अन्तर्राष्ट्रिय कोचिङ कोर्ष सफलताका साथ पूरा गरेका छन् ।

जर्मन एफएको आयोजनामा सम्पन्न उक्त १७ दिने कोचिङ कोर्षमा तामाङले फुटबलको परिर्विर्तत विकास, ट्याक्टिस, फिफाको नयाँ नियम, मेडिकल, गोलकिपिङ, प्राविधिक लगायत विभिन्न व्यक्तिगत तथा सामूहिक कोर्षहरुबारे प्रशिक्षण लिएका थिए ।

तामाङले आफूलाई यो अवसर जुराईीदने एन्फा पदाधिकारी, शुभेच्छुक लगायत जर्मन प्रशिक्षक सेवास्टिन विनन्ड सहित सबैलाई धन्यवाद दिएका छन् ।

Post Comments