News पथरीको जितमा विजयको ह्याट्रिक
गोलनेपाल

दुहबी । विजय भुजेलले ह्याट्रिक चार गोल गरेपछि उत्कृष्ट जितका साथ पथरी स्र्पोटिङ क्लब, मोरङ यहाँ जारी आठौं भलुवा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भलुवा खेलमैदानमा सम्पन्न प्रिक्वाटरफाइनलतर्फ पथरीले संयुक्त युवा क्लब, सुनसरीलाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पथरीको जितमा विजय भुजेलले खेलको १५, ५५, ७५औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने ७९औं मिनटमा थप एक गोल गरे ।

उता पराजित संयुक्तका लागि खेलको ३०औं मिनटमा विवश गुरुङले एक मात्र गोल फर्काए । खेलमा ह्याट्रिकसहित चार गोल गरेका पथरीका विजयी भुजेल म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे ।

प्रतियोगिता अन्तरगत जेठ ३० गते सोमबारको पहिलो क्वाटरफाइनल खेल औरावनी युथ क्लब, सुनसरी र आयोजक गोल्डेन स्टार युथ क्लबबीच हुनेछ । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो असार ६ गतेका दिन हुनेछ ।

 

Post Comments