News वडा नम्बर ११ दुहबी मेयर कपको फाइनलमा
गोलनेपाल

इटहरी । सुनसरीमा जारी दोस्रो दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ११ र वडा नम्बर १२ भिड्ने भएका छन् । बुधबार भएको दोस्रो सेमिफाइनलमा वडा ११ ले वडा नम्बर ९ लाई टाइब्रेकरमा ४–२ ले हराउँदै फाइनलमा वडा १२ सँगको भेट पक्का गरेको हो ।

यसअघि सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा वडा नम्बर ११ का लागि मनिन्द्र चौधरी, उसर लाल रिसिदेव, विजय उराव र इन्द्र कुमार उरावले गोल गर्न सफल भएका थिए ।

उता वडा नम्बर ९ का लागि भने आश नारायण चौधरी र डोमा मियाले मात्र बललाई गोलपोष्टको जाली चुमाउन सफल भएका थिए । सुबोध माझी र कृष्ण कुमार चौधरीको पेनाल्टी प्रहार असफल भएको थियो ।

खेलमा वडा नम्बर ११ का श्रवण कुमार उराव म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल वडा नम्बर ११ र १२ बीच माघ ३ गते शुक्रबार हुनेछ ।

इलेभन एरोज क्लबको संयोजनामा भईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

Post Comments