News
एन्फा अध्यक्ष नेम्वाङको सपथ आज
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नव निर्वाचित केन्द्र्रिय अध्यक्ष पंकज नेम्वाङ र उनको नयाँ कार्यसमितिको सपथ आज हुँदैछ । एन्फाका अनुसार सपथ कार्यक्रम साँझ ५ बजेदेखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्सम हुनेछ ।
स्मरणीय छ, सोमबार सम्पन्न एन्फाको केन्द्रिय निर्वाचनमा नेम्वाङले निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले हराउँदै विजयी भएका थिए । निर्वाचनमा खसेको कुल ८४ मत मध्ये नेम्वाङले ४५ र शेर्पाले ३९ मत प्राप्त गरेका थिए ।
एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका नेम्वाङले अब आगामी चार वर्षका लागि नेपाली फुटबलको मुख्य जिम्मेवारी सम्हाल्ने छन् ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान