News एसियन आप्रवासी फुटबलः नेपालको शानदार शुरुवात
गोलनेपाल

काठमाडौं । कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टिम, कतारले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

हिलाल स्थित अल अरबी स्पोर्टस क्लबमा भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ५–० को फरालिो अन्तरले हरायो ।

नेपाली टोलीको जितमा अर्जुन सुब्बाले दुई गोल गरे । त्यस्तै डिल्ली पाराहाङ लिम्बु, राकेश सापकोटा र सयन्सु भुषाले थप एक–एक गोल गरे ।

प्रतियोगितातर्फ समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेल ६ फेब्रुअरीका दिन भारतसँग खेल्नेछ । समूह ए मा नेपाल, भारत, बंगलादेशसँगै दक्षिण कोरिया, फिलिपिन्स र इण्डोनेसिया रहेका छन् ।

Post Comments