News लिगमा शेर्पासँग निराश बन्यो मच्छिन्द्र
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ यस सिजन स्टार खेलाडी भित्राउन मोटो रकम खर्चिएको मच्छिन्द्र क्लबले शुक्रबार सतब्ध बन्न पुगेको छ ।

सातौं चरणको पहिलो खेलतर्फ मच्छिन्द्रले हिमालयन शेर्पा क्लबसँग २–० को स्तब्धपुर्ण हार बेहोर्यो । जारी लिगमा शेर्पाको भने त्यो पहिलो जित थियो भने मच्छिन्द्रको पहिलो हार ।

सातदोबोटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो मिनटमै मच्छिन्द्रले आत्मघाती गोल खान पुगेको थियो । बिजय गुरुङको क्रस क्लियर गर्ने क्रममा पिटर सेगुनले आफ्नै पोष्टमा बल छिराएका थिए ।

त्यस्तै दोस्रो गोल १९औं मिनटमा निरज बस्नेतको फ्रिकिक प्रहारलाई सदुपयोग गर्दै बिजय श्रेष्ठले गरे । जुन गोल खेलको अन्तिमसम्म निर्णायक बन्यो । खेलमा शेर्पाका बिजय श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

यो जितपछि ७ खेलबाट ७ अंक जोडेको शेर्पा लिगतालिकाको दशौं स्थानमा पुगेको छ । उता पराजित मच्छिन्द्रको १३ अंक छ । साथै लिगमा मच्छिन्द्रको यो पहिलो हारसँगै उसको लिग जित्ने अभियानमा पनि केही धक्का पुगेको छ ।

Post Comments