तेस्रो कुम्मायक गोल्डकपमा फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पृथ्वी माविको खेलमैदान यासोकमा जारी गोल्डकपमा बिहीबार दुवै टिमले वाकओभर पाउँदै सेमिफाइनलमा प्रवेश पाएका हुन् । पहिलो खेलमा यङवरक गाउँपालिकाको टिम नआएपछि फिदिम नगरपालिकाले वाकओभर पाएको हो ।
त्यस्तै, दोस्रो खेलमा पनि फालेलुङ गाउँपालिकाले वाकओभर पाएको हो । अर्को स्पर्धी हिलिहाङ गाउँपालिका खेलमा नआएपछि उसलाई पनि वाकओभर दिइएको आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले बताए ।
दुवै टिमले वाकओभर पाएपछि दर्शकलाई मनोरञ्जन दिनका लागि आयोजकले मैत्रीपूर्ण खेल सञ्चालन गरेको थियो । जसमा फाल्गुनन्द गाउँपालिका ४-१ गोलले फालेलुङ पराजित भयो ।
गोल्डकपको विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित २ किलो चाँदीको ट्रफी पाउनेछ । उपविजेताले भने नगद ५५ हजार ५५५ सहित मेडल पाउनेछ ।
गोल्डकपको प्रवद्र्धक कुम्मायक गाउँपालिका रहेको छ ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात