
चितवन । घरेलु फुटबलको सिजन फर्किएसँगै चितवनमा पनि साना–ठूला फुटबल प्रतियोगिताहरु आयोजना हुने क्रम शुरु भएको छ । यसैक्रममा कालिका नगरपालिका–१ गडुवा, चितवनमा आउँदो भदौ १ गतेदेखि प्रथम हिक्मत पाख्रिन स्मृति कप नाईन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
सुर्यपुर युथ क्लब, कालिका नगरपालिका–१, चितवनको आयोजनामा शुरु हुन गईरहेको प्रतियोगिताका लागि आवश्यक तयारी पनि शुरु गरिएको खेल संयोजक निशान श्रेष्ठले जानकारी दिए । साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको संयोजक श्रेष्ठले बताए ।
इच्छुक क्लबहरुलाई टिमदर्ताका लागि दर्ता शुल्क ६ हजार तोकिएको छ । त्यस्तै टिम दर्ता गर्ने अन्तिम मिति यहि आउँदो साउन २९ गतेसम्म रहेको पनि आयोजकले जानकारी दियो ।
गडुवा खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८०,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ४०,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।