News वडा नम्बर १० लाई दुहबी मेयर कपको उपाधि
गोलनेपाल

सुनसरी । दुहबी नगरपालिकाको आयोजनामा सम्पन्न दोस्रो मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा वडा नम्बर १० ले वडा नम्बर ११ लाई टाइब्रेकरमा ३–१ ले हराउँदै विजेता बन्न सफल भएको हो ।

दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल भिडन्ततर्फ ८० मिनटको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । त्यसपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । जसमा वडा नम्बर १० ले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा भएको प्रतियोगिताको विजेटा वडा नम्बर १० ले उपाधिसहित नगद एक लाख हात पार्यो भने उपविजेता बनेको वडा नम्बर ११ ले ५० हजारमा चित्त बुझायो ।

 

Post Comments