News शनिबारको दुई खेल, दुई फरक स्थानमा हुने
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ माघ ४ गते शनिबार हुने दई खेलहरुमध्ये पहिलो खेल एन्फा कम्प्लेक्स सातदोबाटो मै हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार लिगको ४४औं खेलका रुपमा शनिबार १२ बजे हुने जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल एन्फा कम्प्लेक्स मै हुने भएको छ ।

वर्षाका कारण दशरथ रंगशालामा हुने भनिएको सो खेल एन्फा कम्प्लेक्स हुन लागेको हो । यद्यपि शनिबार नै अपरान्ह ३ बजेदेखि हुने मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टार क्लबबीचको खेल भने दशरथ रंगशाला मै हुनेछ ।

साथै सातौं चरणका अन्य खेलहरु एन्फाले प्रकाशित गरेको खेलतालिका अनुसार नै हुने जानकारी प्राप्त भएको छ ।

खेलतालिका पनि हेर्नुहोस् ।

Post Comments