News दोस्रो हरिसिद्धि कप खुला पुरुष तथा महिला फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । हरिसिद्धि फुटसलको आयोजनामा आउँदो भाद्र २४ र २५ गतेका दिन दोस्रो हरिसिद्धि कप खुला महिला तथा पुरुष फुटसल प्रतियोगिता हुने भएको छ ।

हरिसिद्धि २८ स्थित आयोजकको फुटसल एरिनामा हुने प्रतियोगिताको आवश्यक तयारी र टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो । टिमदर्ता शुल्क पुरुष विधातर्फ ४,९९९ रुपैयाँ तोकिएको छ भने महिलातर्फ २,९९९ रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । टिमदर्ता गर्ने अन्तिम मिति भाद्र २२ गतेसम्म तोकिएको छ ।

त्यस्तै प्रतियोगिताको विजेताले पुरुषतर्फ उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फ उपाधि विजेताले ३० हजार प्राप्त गर्ने छन् भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

गोलनेपाल डटकम प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर समेत हो ।

Post Comments