News साफ यु–१७ च्याम्पियनसिप शुरु, भारतको उत्कृष्ट शुरुवात
गोलनेपाल

काठमाडौं । सोमबारदेखि श्रीलंकामा शुरु साफ यु–१७ च्याम्पियनसिपमा उपाधिको दावेदार भारतले उत्कृष्ट जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

कोलोम्बो रेसकोर्षमा सम्पन्न समूह बी तर्फको उद्घाटन खेलमा भारतले भुटानलाई ३–० ले हरायो । भारतको जितमा थाङ्लासुन गांग्तेले दुई गोल गरे भने गुईटे भन्लापेकाले थप एक गोल गरे ।

समूहतर्फको अन्तिम खेलमा भारतले ९ सेप्टेम्बरका दिन नेपालसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले आप्mनो पहिलो खेल बुधबार भुटानसँग खेल्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ए मा आयोजक श्रीलंकासँगै बंगलादेश र माल्दिभ्स रहेका छन् ।

Post Comments