News लगातार दोस्रो जितसँगै सेमिफाइनलमा बंगलादेश
गोलनेपाल

काठमाडौं । उत्कृष्ट लयमा रहेको बंगलादेश लगातार दोस्रो जारी साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए मा रहेको बंगलादेशले बुधबार आफ्नो दोस्रो खेलमा माल्दिभ्सलाई ५–० ले हरायो र सेमिफाइनल स्थान सुरक्षित गर्यो ।

बंगलादेशले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकालाई ५–१ ले हराएको थियो । बुधबार माल्दिभ्स विरुद्ध बंगलादेशको जितमा मिराजुल इस्लामले ह्याट्रिक गरे भने नजमुल फैसल र मुर्शेद अलीले थप एक– एक गोल गरे ।

सेमिफाइनलमा प्रवेश गर्न अब समूह ए बाट शुक्रबार हुने श्रीलंका र माल्दिभ्सबीचको खेलबाट थप एक एक टोलीको टुंगो लाग्नेछ । त्यस्तै समूह बी तर्फ भारत र भुटानसँगै नेपाल रहेका छन् । नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

Post Comments