News मैत्रीपूर्ण खेलमा भुम्रेलाई सफलता
सुरज राना मगर

वालिङ । यहाँ शुरु हुन गईरहेको महेश एवं हुम बहादुर स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको पूर्व सन्ध्यामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न भएको छ ।

वालिङ–९ स्याङ्जा स्थित भुम्रे खेलमैदानमा भएको उक्त मैत्रीपूर्ण खेलमा भुम्रे एफसीले सिद्धार्थनगरलाई ३–२ ले हराउँदै जित हात पार्न सफल भयो ।

त्यसअघि खेलको उद्घाटन एक कार्यक्रमका बीच वालिङ नगरपालिका वार्ड नम्बर ९ का वार्ड अध्यक्ष शेर बहादुर श्रेष्ठले गरेका थिए । सो अवसरमा स्व. महेश र हुम बहादुरका मातापिताको पनि उपस्थिति रहेको थियो ।

स्मरण रहोस, होराइजन क्लब, वालिङ–९, भुम्रे स्याङ्जाको आयोजनामा बिहीबारदेखि महेश एवं हुम बहादुर स्मृति कप खुला फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

कुल २१ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments