News टोक्योमा एनजेएफए रनिङ कप हुने, विजेतालाई ४ लाख
गोलनेपाल

काठमाडौं । ‘फुटबल फर फ्रेण्डशिप’ भन्ने नाराका साथ जापानमा आगामी फेब्रुअरी महिनामा प्रथम एनजेएफए रनिङ कप फुटसल प्रतियोगिता हुने भएको छ ।

नेपाल जापान फुटबल संघ (एनजेएफए) जापानको आयोजनामा हुन गईरहेको प्रतियोगिता आउँदो फेब्रुअरी ९ देखि तारीखदेखि शुरु हुने एनजेएफएका महासचिव मनोज श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका लागि अहिले टीम दर्ता खुला गरिएको समेत महासचिव श्रेष्ठले बताए । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक क्लबले यही जनवरी ३१ तारीखसम्ममा टीम दर्ता गराउन सक्ने संघका अध्यक्ष बसन्त गौचनले जानकारी दिएका छन् । टीम दर्ताका लागि शुल्क ४१ हजार जापानी येन तोकिएको छ ।

प्रतियोगिताको विजेता टोलीले चार लाख पचास हजार जापानी येन नगद पुरस्कारका साथै ट्रफी हात पार्नेछन् भने उपविजेताले २ लाख पुरस्कार प्राप्त गर्ने पनि महासचिव श्रेष्ठले जानकारी दिए । त्यस्तै तेस्रो हुने टिमले पनि नगद १ लाख सहित ट्रफी हात पार्नेछन् ।

महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागिताका लागि सिमित क्लबलाई मात्र लिन सकिने भएकाले समयमै टीम दर्ता गराउन पनि सबैलाई आग्रह गरिएको उनले बताए ।

Post Comments