News महिला साफमा भुटानको ऐतिहासिक जित
गोलनेपाल

काठमाडौं । पछिल्लो केही वर्ष यता अन्तर्राष्ट्रिय फुटबलमा नियमित सुधारात्मक प्रदर्शन गर्दै आईरहेको भुटानले जारी म हिला साफ च्याम्पियनसिपमा ऐतिहासिक जित हात पारेको छ ।

शुक्रबार दशरथ रंगशालामा सम्पन्न समूह बी तर्फको दोस्रो खेलमा भुटानले श्रीलंकामाथि ५–० को प्रभावशाली जित निकाल्यो । महिला साफ च्याम्पियनसिपको इतिहासमा भुटानको यो पहिलो जित समेत थियो ।

यो जितसँगै भुटानले सेमिफाइनलमा प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । आफ्नो पहिलो खेलमा आयोजक तथा दावेदार नेपालसँग ४–० ले पराजित भुटानका लागि श्रीलंका विरुद्धको जित निकै अहम रह्यो ।

अब समूह बी अन्तरगत सोमबार नेपाल र श्रीलंका भिड्ने छन् । त्यो खेलमा नेपालले नै जित्ने सम्भावना । यद्यपि नेपालले त्यो खेलमा जित वा बराबरी निकाले पनि भुटान सेमिफाइनलमा प्रवेश गर्नेछ ।

समूह ए मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।

Post Comments