काठमाडौं । बिराटनगरमा सम्पन्न अघिल्लो संस्करणको फाइनलमा भारतसँग हार्दै उपाधिबाट बञ्चित बनेको नेपालले यस संस्करणमा भने भारतलाई सेमिफाइनलमा हराउँदै फाइनल यात्रा तय गर्न सफल भएको छ । साथै गत संस्करणको फाइनलमा बेहोरेको त्यो हारको बदला लिन पनि सफल भएको छ ।
शुक्रबार दशरथ रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा नेपालले भारतमाथि १–० को साँघुरो र अविस्मरणीय जित निकाल्यो । घरेलु दर्शकहरुको भरपुर साथ पाएको नेपालका लागि पहिलो हाफको इन्जुरी समयमा रश्मी कुमारी घिसिङले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
नेपालले अब उपाधिका लागि सोमबार फाइनलमा बंगलादेशको सामना गर्नेछ । जारी प्रतियोगितामा अपराजित रहेको बंगलादेश उपाधिको बलियो प्रत्याशीका रुपमा उभिएको छ । समूह चरणमा बंगलादेशले भारतलाई ३–० ले हराएको थियो । त्यस्तै शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८–० को फराकिलो जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भएको थियो ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल