News असोज अन्तिम सातादेखि दोस्रो मालिकादेवी कप
गोलनेपाल

सिन्धुपाल्चोक । मेलचौर युवा जागरण समाज, मेलचौर, सिन्धुपाल्चोकको आयोजनामा आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसर पारी दोस्रो मालिकादेवी कप सेभेन ए साईड खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

यहि असोज २८ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो । साथै प्रतियोगितामा सहभागि हुन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ ।

आयोजकका अनुसार टिमदर्ता शुल्क ५ हजार तोकिएको छ भने टिमदर्ता गर्ने अन्तिम मिति असोज २६ गतेसम्म रहेको आयोजकले जनाएको छ । त्यस्तै खेलतालिका भने असोज २७ गते प्रकाशन गरिने पनि आयोजकले जानकारी दियो ।

मेलचौर स्थित दरबारडाँडा खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार पाउने आयोजक क्लबका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले जानकारी दिए । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

 

Post Comments