News चौथो हेलम्बु कप माघ पहिलो सातादेखि
गोलनेपाल

हेलम्बु । सोनाम ल्होछारको अवसर पारी न्यु राईजिङ युवा क्लब, हेलम्बु–२, सिन्धुपाल्चोकको आयोजनामा चौथो हेलम्बु कप गाउँपालिकास्तरीय फुटबल प्रतियोगिता आउँदो माघ २ देखि ६ गतेसम्म हुने भएको छ ।

हेलम्बु–२ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । साथै टिमदर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ । टिमदर्ता शुल्क भने १० हजार तोकिएको छ ।

हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकको विशेष सहयोगमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments