News नवौं सिन्धु कपको तयारी पूरा
गोलनेपाल

सिन्धुपाल्चोक । युथ स्पोर्टस क्लब, सिन्धुपाल्चोकको आयोजनामा यही जेठ २८ गते आइतबारदेखि शुरु हुन गईरहेको नवौं सिन्धु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

लामोसाँघु स्थित बसन्तपुर खेलमैदानमा हुने प्रतियोगितामा कुल ८ टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल भने आउँदो असार २ गतेका दिन हुने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्ला फुटबल संघ र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहनेछ ।

Post Comments