News दोस्रो सेभेन स्ट्रिट कप फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । स्ट्रिट ब्रदरहुडको आयोजनामा यहि असोज ७ र ८ गतेका दिन दोस्रो सेभेन स्ट्रिट कप फाईभ ए साईड खुला फुटसल प्रतियोगिता हुँदैछ ।

धोलाहिटी स्थित विनायक स्पोर्टस कम्प्लेक्समा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजकका सुजन गुरुङले बताए ।

युवाहरुलाई कुलतमा लाग्नबाट जोगाई खेलकुदतर्फ अभिप्रेरित गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अर्का सदस्य दिपेन राईले बताए ।

प्रतियोगिता भर्खर दोस्रो संस्करणसम्म आइ पुगेको बताउँदै आयोजकले यसलाई आगामी दिनमा थप भव्य बनाउने योजना रहको पनि राईले जानकारी दिए ।

 

Post Comments