News शनिबारदेखि हरिवन भेट्रान्स कप
गोलनेपाल

हरिवन । सर्लाहीको हरिवनमा स्व. सिकिल देवी स्मृति हरिवन भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । हरिवन भेट्रान्सको आयोजनामा हुन गईरहेको प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहनेछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । साथै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । दुई दिने प्रतियोगिताको विजेताले उपाधिसहित अकर्षक पुरस्कार पाउने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । साथै गोलनेपालले प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments