News डाँगीहाट सेमिफाइनलमा प्रवेश
गोलनेपाल

रतुवामाई । डाँगीहाट फुटबल क्लब, बेलबारी यहाँ जारी अन्तरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम चारमा प्रवेश गर्ने क्रममा डाँगीहाटले अमरदह स्र्पोटिङ क्लब, सुनवर्शीलाई १–० ले हरायो ।

खेलमा डाँगीहाटका अरुण लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असोज १५ गतेको सेमिफाइनल खेल लालीगुराँस स्र्पोटिङ क्लब, बिराटनगर र डाँगीहाट फुटबल क्लब, बेलबारी बीच हुने आयोजकले जानकारी दियो ।

युवा तथा खेलकुद समिति, रतुवामाई–६, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ ।

Post Comments