News बकलौरी बराहक्षेत्र गोल्डकपको फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । कठिन जितका साथ बकलौरी फुटबल क्लब, सुनसरी यहाँ जारी मुस्ताङ दोस्रो बराहक्षेत्र गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

श्री महेन्द्र माविको खेलमैदानमा आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा बकलौरीले लिटल किकर्स एकेडेमी, झापालाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनुपरेको थियो ।

खेलमा लिटल किकर्सका संजित राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र ट्रफी हात पारे । बकलौरीले अब असोज १८ गतेका दिन शान्तिनगर फुटबल क्लब, सुनसरीसँग उपाधिका लागि फाइनल खेल्नेछ ।

कल्चरल ग्रीन क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments