News सनराईजलाई दोस्रो मध्यविन्दु कपको उपाधि
सुरज राना मगर

चोरमारा । उत्कृष्ट जित निकाल्दै दोस्रो मध्यविन्दु कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सनराईज फुटबल क्लब, नवलपरासीले जित्न सफल भएको छ ।

चोरमारा रंगशालामा भएको फाइनल भिडन्तमा सनराईजले राईनो क्लब, मदनपुरलाई ४–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो । विजेता बनेको सनराईजले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता राईनोले १,११,१११ रुपैयाँमा चित्त बुझायो ।

विजेता सनराईजका दिलिप चौधरी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार ५ सय सहित आकर्षक ट्रफी हात पारे ।

चोरामारा युवा क्लब, मध्यविन्दु–७, चोरमाराको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments