News पञ्चदिपलाई पेन्गुइन कपको उपाधि
गोलनेपाल

चितवन । प्रथम पेन्गुइन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि पञ्चदिप फुटबल क्लबले जितेको छ । कालिका–१ चितवन स्थित गडुवा खेलमैदानमा सम्पन्न फाइनलमा पञ्चदिपले रोयल जिप सुर्यपुर एफसीलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

लालीगुराँस टोल विकास संस्था, गडुवा, चितवनको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको पञ्चदिपले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता रोयल जिमले नगद १,११,१११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

Post Comments