News हाईफा टाईगरलाई वलिहाङ कपको उपाधि
गोलनेपाल

काठमाडौं । किराँत याक्थुङ चुम्लुङ, इजरायलको आयोजनामा सम्पन्न छैठौं वलिहाङ कप फुटबल प्रतियोगिताको उपाधि हाईफा टाईगरले जितेको छ ।

उपाधिका लागि भएको फाइनल भिडन्तमा हाईफाले राइजिङ स्टारलाई ४–० ले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । विजेता बनेको हाईफाले उपाधिसहित ८ हजार सेकल हात पार्यो भने उपविजेता राइजिङ स्टारले ४ हजार सेकलसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राइजिङका प्रताप लिम्बु चुनिए । उत्कृष्ट गोलरक्षक हाईफाका सागर लिम्बु घोषित हुँदा उत्कृष्ट डिफेन्डर हाईफा कै प्रमोद लिम्बु बने । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि हाईफा कै सुन्दर नेपालले हात पारे ।

 

Post Comments