News
सी डिभिजन लिग छनौटः बागमती, बनेपा र दुधौलीको जित
काठमाडौं । एन्फा कम्प्लेक्समा जारी शहिद स्मारक सी डिभिजन लिग छनौटमा बनेपा ब्वाईज क्लब, बागमती युवा क्लब र दुधौली स्पोर्टस क्लबले सफलता हात पारेका छन् ।
दिनको पहिलो खेलमा बनेपाले शान्त नेपाल समाजलाई ३–१ ले हरायो । त्यस्तै अर्को खेलमा दुधौली स्र्पोटसले दिव्यश्वरी एफसीमाथि ३–० को जित दर्ता गार्यो भने बागमतीले स्पार्ट एफसीलाई ५–० को फराकिलो अन्तरले हरायो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी छनौट प्रतियोगितामा सहभागि कुल ६२ टोलीहरुलाई २० समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)