News सी डिभिजन लिग छनौटः बागमती, बनेपा र दुधौलीको जित
गोलनेपाल

काठमाडौं । एन्फा कम्प्लेक्समा जारी शहिद स्मारक सी डिभिजन लिग छनौटमा बनेपा ब्वाईज क्लब, बागमती युवा क्लब र दुधौली स्पोर्टस क्लबले सफलता हात पारेका छन् ।

दिनको पहिलो खेलमा बनेपाले शान्त नेपाल समाजलाई ३–१ ले हरायो । त्यस्तै अर्को खेलमा दुधौली स्र्पोटसले दिव्यश्वरी एफसीमाथि ३–० को जित दर्ता गार्यो भने बागमतीले स्पार्ट एफसीलाई ५–० को फराकिलो अन्तरले हरायो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी छनौट प्रतियोगितामा सहभागि कुल ६२ टोलीहरुलाई २० समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइएको छ ।

 

Post Comments