News राष्ट्रिय खेलकुदमा एनआरएनए युकेका खेलाडीहरुको सहभागिता अनिश्चित
गोलनेपाल

काठमाडौं । अन्तिम समयमा आएर एनआरएनए युकेका खेलाडीहरुले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने अनिश्चित भएको छ । सम्बन्धित केही पदाधिकारीहरुको गैरजिम्मेवारीका कारण युकेमा रहेका खेलाडीहरुले यस प्रतिष्ठित प्रतियोगितामा सहभागिता जनाउने अनिश्चित बनेको हो ।

एनआरएनए युकेले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा त्यहाँ रहेका करिब ५४ खेलाडीहरुले राष्ट्रिय खेलकुदलाई नै लक्षित गरि पछिल्लो ४–५ महिनादेखि नियमित प्रशिक्षण गरिरहेको उल्लेख छ । नेपाली खेलकुदको यो कुम्भमेलामा सहभागिता जनाउने आकांक्षा बोकेका युकेका खेलाडीहरु उत्साहित पनि थिए ।

यद्यपि एनआरएनए आइसीसीका तत्कालीन म्यादी अध्यक्ष कुल आचार्य तथा एनआरएनए स्पोर्टस एकेडेमीका संयोजक जीवन सेन र सदस्य सचिव धर्मराज गिरीको गैरजिम्मेवारीका कारण खेलाडीहरुले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने अनिश्चित बनेको एनआरएनए युकेको गुनासो छ ।

एनआरएनए युकेका अनुसार सम्बन्धित पदाधिकारीहरुले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेलाडीहरुका लागि आवश्यक हवाई यातायात खर्च र अन्य आवश्यक कुराहरुमा अन्तिम समयमा आएर गैरजिम्मेवारीता देखाएपछि एनआरएनए युकेका खेलाडीहरुको मेहनत र राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने योजना अनिश्चित बनेको हो ।

यसबारे एनआरएनए युकेले गम्भिर ध्यानाकर्षण जनाउँदै सम्बन्धित सबैलाई जानकारीका लागि छिटै भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्ने पनि बताएको छ ।

 

Post Comments